दाङ । दाङमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
बसमा ४७ यात्रु सवार रहेकामा दुईजना घाइते भएका छन् । अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया