Logo

खेलकुद

प्रधानमन्त्री कप : गण्डकीसँग कोसीको लज्जास्पद हार



काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लज्जास्पद हार व्यहोरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भयो ।

खराब सुरुवात गरेको कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शुन्यमा आउट भएका थिए ।

कोशीको ब्याटिंग लाइन ध्वस्त पार्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको गण्डकी प्रदेशले ४८.२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो । त्यस्तै कोशी प्रदेशका बलर अभ्यास तिम्शिनाले ६ विकेट लिएका थिए ।

यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार छैटौं हार बेहोरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : १२ बजे