Logo

Breaking News 1

एसीसी प्रिमियर कपमा आज ओमानसँग खेल्दै नेपाल



काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष क्रिकेट टोलीले आज ओमानविरुद्ध खेल्दैछ ।

यी दुई टोलीबीचको खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा बिहान ७ः१५ बजे सुरु हुनेछ । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ९ : १७ बजे