Logo

खेलकुद

आईसीसी यू-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत न्युजिल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तिलक भण्डारीले टम जोन्सलाई १४औं ओभरको अन्तिम बलमा आउट गरेका हुन् । जोन्स ३३ रन बनाएर आउट भए ।

यसअघि सुवास भण्डारीले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ३ : ०६ बजे