काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि पुस २९ गतेसम्म आवेदन दिन सकिने गरि दरखास्त आह्वान गरिएको थियो ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले मंसिर २७ गतेबाट लागु हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त छ ।
आवेदन दिएकाहरुको अन्तरवार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण ३ जनाको नाम मन्त्रिपरिषद्मा पेस गरिने र मन्त्रिपरिषदले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।
प्रतिक्रिया