Logo

मुख्य समाचार

ओलीको मति अझै सप्रिएको छैन : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति अझै नसप्रिएकोे भन्दै आक्रोस पोखेका छन् ।

बुधबार पार्टी निकट विद्यार्थी विशेष कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले राष्ट्रियसभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालकहाँ गएर ६ सीट माग्दै एकीकृत समाजवादीलाई जिरो सीट दिनु भनेको भन्दै मति अझै नसुध्रिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘केपी ओली अहिले पनि राष्ट्रियसभाको चुनावको बेलामा प्रचण्डकहाँ गएर हामीलाई ६ सीट दिनुस्, कांग्रेसलाई ९ सीट दिनुस् तपाई ५ सीट लिनुस् भनेछन् । एकीकृत समाजवादीलाई जिरो सीट दिने रे । भनेपछि अझै पनि उनको मति सप्रिएको छैन । कम्युनिष्टहरु मिलुन् भन्ने चाहना राखेर मात्र हुँदैन, मति सप्रिनुपर्छ ।’

ओलीमा सबै नेतासँग परामर्श नगर्ने अहंकार रहेको, आलोचनालाई नसहने, सत्यता आत्मसात गर्न नसक्ने प्रवृत्ति रहेको आरोप उनले लगाए ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ५ : २८ बजे