Logo

मुख्य समाचार

क्यानविरुद्ध अदालत जाने चेतावनी



काठमाडौं । नवराज कोइरालाले नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धक पद छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै प्रक्रियामा भएको त्रुटी सुधार गर्न चेतावनी दिएका छन् ।

वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोइरालाले ७२ घण्टा भित्र जेनेरल म्यानेजर(महाप्रवन्धक)को छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे सर्वोच्च अदालतमा क्यानका सचिव र क्यानको प्रक्रियाविरुद्ध मुद्दा हाल्ने चेतावनी दिए ।

उनले भने, ‘हाम्रो माग क्यान भन्ने संस्था कसैको नीजि कम्पनी नभएकोले समग्र नेपालको क्रिकेट खेलको विकासको लागि राम्रो नेतृत्व आउनुपर्छ भन्ने हो र यदि ७२ घण्टा भित्र जेनेरल म्यानेजरको छनोट प्रक्रियामा भएको त्रुटी सुधार नगरे हामी उम्मेदवारहरु सर्वोच्च अदालतमा गएर क्यानका सचिव पारस खड्का र क्यानको जेनेरल म्यानेजर छनोट प्रक्रियाविरुद्ध मुद्दा हाल्ने कुरा यहि पत्रकार सम्मेलन मार्फत जानकारी गराउँछु ।’

उनले छनोट प्रक्रियालाई ‘नेपोटिजम’को सज्ञा दिंदै अब नयाँ परीक्षाका लागि लोकसेवालाई अनुरोध गरेर लिनको लागि प्रधानमन्त्री, खेलकुद मन्त्रालय, खेलकुद विभागलाई अनुरोध गरे ।

शनिबारको दिन सरकारी संस्था क्यानको जेनेरल म्यानेजर पदको अन्तरवार्ता एउटा लाजिम्पटको होटलमा लिएको, अफिस खुल्ने दिन नलिएको, जेनेरल म्यानेजरलाइ लिखितमा सोधेको प्रश्नको स्तर तल्लो तहका कर्मचारीलाई सोधेजस्तो भएको आरोप उनको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ४ : १० बजे