Logo

मुख्य समाचार

उद्योगहरूको काटिएको बिजुली जोड्न कुलमानको निर्देशन



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूको काटिएको बिजुली जोड्न गृहकार्य थालेको छ । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषदको बैठकले हिजो समिति बनाएको थियो । साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो ।

प्राधिकरणका उपकार्यकारी एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले प्राधिकरणलाई अहिलेसम्म लाइन जोड्ने विषयमा पत्र भने आइनसकेको बताए । तर, कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन जोड्न निर्देशन दिइसकेको उनले बताए ।

प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । भने, ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो । बक्यौता रकम किस्ताबन्दीमा तिर्ने प्रतिवद्धतासहित पहिलो किस्ता तिरेपछि हिमाल स्टीलको भने लाइन जोडिएको थियो ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  १ : २२ बजे