Logo

मुख्य समाचार

छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ



विराटनगर । छोराको हत्या गरेको आरोपमा प्रहरीले इलामको माई नगरपालिकाका एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले माई नगरपालिका–६ का ३७ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरेको हो । उनले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनीहरुबीच सोमवार राति घरेलु विषयमा विवाद भएको थियो । त्यस क्रममा दिलकुमारले छोरामाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट सिकिस्त घाइते भएका जीवनलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनापछि गाउँलेले दिलकुमारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । उनलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ११ : १२ बजे