Logo

कर्पोरेट

कुमारी बैंकले यस वर्ष लाभांश वितरण नगर्ने


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, बैठकले आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

बैंकले गत वर्ष भने १२.७० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १ : ५० बजे