Logo

मुख्य समाचार

एमालेको राष्ट्रिय भेला आजबाट सुरु ,अध्यक्ष ओलीले उद्धघाटन गर्ने 



काठमाडौं । काठमाडौं नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । 

काठमाडौंको बबर महल स्थित कार्की व्यांकेट विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । 

भेलाका लागि अधिकांस सहभागी काठमाडौं आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डाहरु अनुमोदन गरेको छ । जसमा गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यन्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए । 

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु,प्रदेश र जिल्लाका पदाधिकारी,पालिका कमिटीका अध्यक्ष उपाध्यक्ष,जनसंगठन,केन्द्रीय निकाय,संघीय र प्रदेशका साँसदहरु,स्थानीय तहका प्रमुख र उपप्रमुखहरु सहभागी हुनेछन् । 

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्ध्घाटन सहित सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी बरिष्ठ नेता विद्यादेवी भण्डारी,उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बुधबार  ११ : ५० बजे