Logo

कर्पोरेट

ग्लोबल आईएमईले डिजिटल कारोबार ८० प्रतिशत पुर्याउने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको सम्पूर्ण सेवाहरु डिजिटल बैंकिङ प्रविधिमार्फत् गर्दै आगामी आर्थिक वर्षमा डिजिटल कारोबार ८० प्रतिशतसम पुर्याउने बताएका छन् ।

आज काठमाडौंमा जारी ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा उनले बैंकको सेवालाई कार्यालय समयपछि पनि प्रदान गर्ने गरी कार्य विस्तार गर्न व्यवस्थापनलाई आग्रह पनि गरे ।

अध्यक्ष ढकालले बैंकलाई कागजबिहीन बनाउने उल्लेख गर्दै बैंकले लिएको सम्पूर्ण सेवा डिजिटल बैंकको प्रविधिमार्फत् गर्दै अगाडि बढ्ने नीतिलाई निरन्तरता दिएर आगामी वर्ष बैंकको ८० प्रतिशत कारोबार डिजिटल रुपमा वृद्धि गर्ने लक्ष्य लिएको बताए ।

हाल बैंकको कूल कारोबारको संख्याको ७३ प्रतिशत डिजिटल हुने कारोबारमा आगामी आर्थिक वर्षमा कारोबार संख्यालाई बढाएर ८० प्रतिशतसम्म माथि पुर्याउने लक्ष्य रहेको उनले बताए ।

साधारण सभामा शेयरधनीहरुले बैंकको डिजिटल सेवालाई शतप्रतिशत बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । शेयरधनिले बैंकले आफ्नो आकारलाई बढाएर बलियो बनाएकोमा प्रशंसासँगै ठूला सँगै साना लगानीकर्तालाई पनि ध्यान दिनुपर्ने सुझाब दिएका छन् ।

ग्लोबल आईएमईले शेयरधनिलाई १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ४४ बजे