Logo

कर्पोरेट

एभरेस्ट बैंकद्वारा टोखामा १२८औँ शाखा उद्घाटन



काठमाडौं। एभरेस्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६ मा १२८औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्तरूपमा गरेका हुन् ।

यो शाखासँगै वाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

हाल एभरेस्ट बैंकले १२८ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालयहरू, १६३ एटीएममार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ३० बजे