Logo

कर्पोरेट

प्राइम बैंकले भूकम्प पीडितलाई २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने


२० कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौँ। शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट पीडितहरूको तत्काल राहत सहयोगार्थ प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

विनाशकारी भूकम्पको चपेटामा परी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा बैंकले समवेदना व्यक्त गरेको छ । साथै उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १ : २९ बजे