Logo

कर्पोरेट

नेपाल आयल निगमले आईपीओ जारी गर्ने



काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् ।

मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।

उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए । व्यवसायीहरूलाई स्टेकहोल्डर बनाउने र सर्वसाधारणलाई आइपीओ दिने तयारी रहेको उनको भनाइ । विभिन्न प्राविधिक पक्षहरू रहेकाले केही समय लाग्ने बताए ।

उनले भने, “कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था छ । निगम यो विषयमा प्रतिवद्ध छ । सबैलाई इन्धन चाहिएको छ । इन्धन पहिलो र इन्धनको आपूर्ति दोस्रो कुरा हो ।”

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : २८ बजे