काठमाडौ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ । यस बैंकको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पश्चात यसको बजार भाउ २३२ रुपैयाँ ६६ पैसा कायम भएको छ ।
यसै मूल्यलाई आधार मानेर यसको सोमबार कारोबार सुरु हुनेछ । आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैयाँ ६० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया