Logo

कर्पोरेट

सिटिजन्स बैंकले २६ असोजमा साधारणसभा गर्ने, प्रसतावित लाभांश पारित गर्दै



काठमाडौं। सिटिजन्स बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले २६ असोजमा १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकीकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनाका लागि १५ असोज एक दिने सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार १४ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ३३ बजे