Logo

कर्पोरेट

लाभांश पारित गर्न एनआईसी एशिया बैंकले बोलायो साधारणसभा



काठमाडौं। एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश पािरत गर्न साधारणसभा बोलाएको छ । बैंकले २८ असोजमा आर्मी अफिसर्स क्लब भद्रकालीमा २६ औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई २९ प्रतिशत बोनस सेयर र लाभांश लाग्ने कर प्रयोजनाका लागि १.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकिकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनाका लागि १६ असोजदेखि २८ असोजसम्म सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार १५ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १० : ३१ बजे