Logo

Breaking News 1

कोशीमा बजेट अध्यादेश जारी, १३ दिनदेखिको बजेट शून्यताको अवस्था हट्यो



कोशी । कोशी प्रदेश सरकारले  बजेट अध्यादेश जारी गरेपछि १३ दिनदेखिको बजेट शून्यताको अवस्था अन्त्य  भएको छ ।

कोशी  प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज बजेटसम्बन्धी अध्यादेश जारी गरेपछि शून्यताकाे अवस्था   अन्त्य  भएकाे हाे ।

शुक्रबार  नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोही दिन बजेट अध्यादेश जारी  गर्ने निर्णय गराएका थिए ।

सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश  प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।  यो अध्यादेश यसअघि  मुख्यमन्त्री कार्कीले ल्याएकै अध्यादेश हो ।  गत जेठ ३२ गते कार्कीले  ल्याएकाे बजेट अध्यादेश  असार १४ गते प्रदेशसभामा टेवल भएको थियो ।  ६० दिन भित्र पास गर्नुपर्ने अध्यादेश पासका लागि भदौ १०  गतेसम्म सरकारलाई प्रतिस्थापन विधेयक ल्याउनु पर्ने  बाध्यता थियो । तर सरकारले प्रतिस्थापन विधेयक नल्याएपछि बजेट निस्क्रीय  भएको थियो ।

सर्वाेच्च अदालतको परमादेशपछि शुक्रबार मुख्यमन्त्री नियूक्त भएका कार्कीले पुरानै अध्यादेशलाई  पून सक्रिय गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ११ : ४९ बजे