Logo

कर्पोरेट

मञ्जुश्री फाइनान्सको मुनाफासँगै अधिकांश सूचकमा आकर्षक बढोत्तरी


२३ श्रावण २०८०, मंगलबार  

115
Shares

काठमाडौ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा मञ्जुश्री फाइनान्सले २९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १६८.८६ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले १० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ६४.९८ प्रतिशत र सञ्चालन नाफा १६८.८३ प्रतिशतले बढेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा पनि ११ करोड ११ लाख रुपैयाँ रहेको छ । यता, कम्पनीको खराब कर्जा भने बढेर २.८२ प्रतिशत भएको छ । अघिल्लो वर्ष खराब कर्जा २.१९ प्रतिशत रहेको थियो । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५५ पैसाले बढेर २१ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०२ पैसा (वार्षिक) रहेको थियो । मञ्जुश्री फाइनान्सको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १२ : ०८ बजे