Logo

कर्पोरेट

सानिमा बैंकको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा



काठमाडौ । सानिमा बैंकले मंंगलबारदेखि २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । सानिमाका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्री खुला गरिएको बैंकले जानकारी गराएको छ । यसमा सानिमाकै अन्य संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

यसमा ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ३ : ०६ बजे