Logo

Breaking News 1

काठमाडौंको नदी किनारको सुकुम्बासी बस्ती हटाउने सरकारको घोषणा



काठमाडौं । सरकारले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले सुकुम्बासीहरुलाई उचित व्यवस्थापन गर्दै काठमाडौंका नदी किनारका अतिक्रमित भूमि खाली गराइने घोषणा गरेका हुन् ।

राष्ट्रपति पौडेलले ठुला शहरको फोहर व्यवस्थापनका लागि नीतिगत प्रवन्ध गर्ने समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ५ : ४५ बजे