Logo

Breaking News 1

क्रिकेट पूर्वाधारमा लगानी बढाउ !



पछिल्ला केहीवर्ष यता नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रदर्शन सुधारोन्मुख छ । नेपालले एकदीवसीय मान्यता पाएपछिका ४ वर्षमा भएका खेलमा भने मिश्रित नतिजा आएको थियो । तर पछिल्लो २ महिनायता भइरहेका अन्तर्राष्ट्रिय प्रतियोगितामा भने नेपालले लगातार सफलता पाइरहेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले पुरानै प्रतिस्पर्धी टिम, युएई, ओमनजस्ता वलिया देशहरुलाई समेत सहजै पराजित गर्न थालेको छ । एकदिवसीय विश्वकप छनौट प्रतियोगिताका पछिल्ला १२ खेल जीतेर विश्वकप क्वालिफायर खेल्ने अवसर पाएको नेपालले जारी एसीसी प्रिमियिर कप क्रिकेटमा समेत उत्कृष्ट प्रर्दशन गर्दै आएको छ ।

शुक्रबार ओमनसँग भएको खेलमा समेत नेपालले अहिलेसम्मकै उच्च स्कोर बनायो । कुशल मल्लले पहिलो शतकीय पारी खेले । सन्दिप लामिछानेले विश्वरेकर्ड राखे । अब हुने बाँकी खेलमा विजयी हुँदै प्रिमियर कप विजेता हुनसके नेपालले भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका बादशाहहरुसँग खेल्ने अवसर पाउनेछ ।

क्रिकेटमा यति धेरै सफलता पाइसक्दा क्रिकेट पूर्वाधार भने कुनै पनि सरकारको प्राथमिकतामा पर्न सकेको छैन । सरकारी खर्चमा निर्माण शुरु भएको मुलपानी क्रिकेट मैदान यसैवर्ष खेल्न योग्य भएको छ । तर दर्शकका लागि चाहिने प्याराफिट निर्माण भइसकेको छैन । यता त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समेत स्कोरवोर्डदेखि फ्लडलाइटको समेत उचित बन्दोबस्त हुन सकेको छैन ।

सरकारले त्रिवि क्रिकेट मैदान स्तरोन्नती गर्न बजेट विनियोजन गरेको छ । तर यो एउटा क्रिकेट मैदानले मात्रै अबका दिनमा नपुग्न सक्छ । केही महिनापछि भारतमा हुने भनिएको एसिया कपमा पाकिस्तान सहभागी नहुने घोषणा गरिसकेको छ । त्यस्तै पाकिस्तानमा हुने भनिएको विश्वकप खेलमा भारत सहभागी नहुने घोषणा गरिसकेको छ ।

नृपालमा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान भएको भए भारत र पाकिस्तानजस्ता देशहरुका बिचमा हुने खेल नेपालमा हुनसक्ने अबस्था बन्नसक्छ । त्यसैले पनि क्रिकेटमा सरकारी लगानी बढउनैपर्छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : २१ बजे