Logo

कर्पोरेट

पाँच सय रुपैयाँले घट्यो सुनको मूल्य


११ फाल्गुन २०७९, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजारमा कारोबार भएको थियो । बिहिबार तेजाबी सुनको मूल्य १ लाख २ हजारमा कारोबार भइरहेको छ । यस अघि बिहिबार यसको मूल्य १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहिबार चाँदीको पनि १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ११ : ५५ बजे