Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ९२ पैसा र बिक्री दर १४० रूपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०० पैसा र बिक्री दर १५८ रूपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५७ पैसा र बिक्री दर ३५ रूपैयाँ ७३ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ६ : १९ बजे