Logo

अर्थ

सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो


२ आश्विन २०८३, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १ : १५ बजे