Logo

Breaking News 1

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जित हात पारेको छ ।

क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन् । उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन् ।

यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन् । उनले ६०६३ मत पाएकी छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ४४ बजे