Logo

कर्पोरेट

नेपालमा तीन महिनामा ५५ करोडभन्दा बढीको सारी आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ५५ करोड रुपैयाँभन्दा बढीको सारी, लुङ्गी र धोती आयात गरेको छ ।

२०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मुल्य बराबरको सारी, लुङ्गी र धोती आयात गरेको हो ।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले कुल ५५ करोड ३ लाख ९९ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको छ । सो मुल्यमा १३ लाख ७६ हजार ५२० थान सारी, लुङ्गी र धोती नेपाल भित्रिएको विभागले जनाएको छ ।

चीन, भारत, इन्डोनेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र बंगलादेशबाट नेपालमा सारी, लुङ्गी र धोती आउने गरेको छ ।

नेपालमा सबैभन्दा ठूलो मात्रामा सारी, लुङ्गी र धोती भारतबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा मात्र भारतबाट ५२ करोड ६० लाख २२ हजार रुपैयाँको सारी, लुङ्गी र धोती नेपालमा भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट १ अर्ब २७ करोड ३५ लाख १ हजार रुपैयाँको सारी, लुङ्गी र धोती आयात गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : २१ बजे