Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ३६ पैसा र बिक्री दर १२७ रुपैयाँ ९७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ७१ पैसा र बिक्री दर १४९ रुपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६२ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ५८ बजे