Logo

मुख्य समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका विभिन्न भूभागमा आइतबार भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबार (असोज ११) दिउँसो सबै प्रदेशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। कोसी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ६ : ४७ बजे