Logo

Breaking News 1

माओवादीले तोक्यो बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर



काठमाडौं । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार ललितपुरमा बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बैठकले बागमती प्रदेशका ३३ निर्वाचनमा चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । बैठकले चितवन–१ मा कन्चन खनाल, चितवन–२ मा घनश्याम दाहाल र चितवन–३ मा रेनु दाहाललाई चुनावी कमान्डरको जिम्मा दिएको छ ।

माओवादीले काठमाडौं–१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल
१० मा अञ्जना विसङ्खेमा खटाउने भएको छ ।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड भने मुक्ति प्रधानले सम्हाल्ने छन् । यस्तै भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल तथा २ दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् । यता ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईले चुनावी नेतृत्व सम्हाल्ने छ ।

धादिङमा शालिकराम जम्कट्टेल, काभ्रेमा सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी कमाण्ड गर्ने छन् । यस्तै दोलखा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् ।

माओवादीले सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट १ रहितबहादुर तामाङ २ मा विमला सुवेदीले चुनावी कमाण्ड सम्हाल्न भनेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ४१ बजे