Logo

Breaking News 1

रुकुम पूर्वमा प्रहरीको भ्यान दुर्घटना, दुई डिएसपीसहित ६ जना घाइते, दुईलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



काठमाडौं । रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षक(डिएसपी)सहित ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएका हुन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  २ : ४७ बजे