काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ । ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।
बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीका अनुसार एक साताको अवधिमा सो क्षेत्रमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।
प्रतिक्रिया