Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


२० श्रावण २०७९, शुक्रबार  

1.8k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ २६ पैसा र बिक्री दर १२९ रुपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५१ पैसा र बिक्री दर १५५ रुपैयाँ २४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ७ : ०८ बजे