काठमाडौं । सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ जम्बुमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।
त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काईभेटरकको बकेट उठाई डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुन जाँदा करेन्ट लागी उनको मृत्यु भएको हो ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको पनि बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।
ठुलोबुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया