Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

Breaking News 1

मंगलबार थपिए ३ सय ५७ जना कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन हजार ३ सय २८ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै, मंगलबार ६२ जना संक्रमणमुक्त भएका छन् । हालदेशभर सक्रिय संक्रमित रहेका छन् । पछिल्लो केहि दिनदेखि नेपालमा पनि निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट देशभर ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ३ : ४२ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।