Logo

Breaking News 1

भाजपाको कार्यालयमा पुगेर प्रचण्डले भेटे अध्यक्ष नाड्डालाई



काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नाड्डलाई भेट्न प्रचण्ड आइतबार बिहान भाजपाको कार्यालय पुगेका हुन् । प्रचण्ड भाजपा अध्यक्ष नाड्डाकै निमन्त्रणामा भारत भ्रमण गएका हुन् ।

नाड्डाले प्रचण्डलाई कार्यालयमा स्वागत गरेका थिए । तीन दिने भ्रमणमा गएका प्रचण्ड आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १२ : ४९ बजे