Logo

मुख्य समाचार

‘बिरगन्जमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो’: महेन्द्र राय



काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट बिरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो रु काठमाडौंमा के अशुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो ?’

उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  २ : २३ बजे