Logo

Breaking News 1

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, देउवाविरुद्व कोइराला पक्षको नाराबाजी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।

यसैबीच, शेखर कोइराला पक्षका कार्यकर्ताहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विरोधमा नाराबाजी गरेका छन् । देउवा पार्टी कार्यालयमा छिर्ने बेलामै कार्यकताहरुले नाराबाजी गर्दैै बाटोमै अवरोध गरेका थिए ।

पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको आरोप लगाउँदै कोइराला पक्षधर कार्यकर्ताले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ५० बजे