Logo

Breaking News 1

आईजीपी नियुक्ति विवाद: जवाफी बहस हुँदै, आजै फैसला आउन सक्ने



काठमाडौं । प्रहरी महानिरीक्षक(आईजीपी) नियुक्तिविरुद्व परेको मुद्वामा आज जवाफी बहस हुँदैछ।

दुवै पक्षको बहस यसअघि नै सकिइसकेको छ । आज निवेदक पक्षले जवाफी बहस गर्नेछ । जवाफी बहसपछि आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला सुनाउने छ ।

आफूभन्दा कनिष्ठलाई आईजीपी बनाइएको भन्दै डिआईजी विश्वराज पोखरेलले बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ४७ बजे