Logo

Breaking News 1

टेकुको फोहोर प्लास्टिकले छोपियो



काठमाडौं । काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा थुपारेको फोहोरलाई प्लास्टिकले छोपेको छ।

बर्सातका कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन नसकेपछि दुर्गन्ध फैलन नदिन टेकुमा राखिएको फोहोरलाई प्लास्टिकले छोपिएको हो।

महानगरका इन्जिनियर सुनिल लम्सालका अनुसार सहरमा उत्पादन भएको केही फोहोर संकलन गरेर ट्रान्सफर स्टेसनमा थुपारिएको छ।

दैनिक फोहोर उठाउन कठिन भइरहेको वेला पहिलेदेखि नै थुपारेर राखिएको फोहोर व्यवस्थापन तत्काल गर्न नसकिने उनको भनाइ छ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : ५८ बजे