Logo

गण्डकी प्रदेश

माइक बिग्रिँदा गण्डकी प्रदेशसभा बैठक स्थगित



काठमाडौं । गण्डकी प्रदेशसभाको माइक बिग्रिएपछि संसद बैठक स्थगित भएको छ ।

सांसद बोल्दाबोल्दै आइतबार माइक बिग्रिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक समस्या समाधान नहुँदासम्मलाई स्थगित गरेका छन् ।

आइतबार जनता समाजवादी पार्टी (जसपा) सचेतक धनमाया लामा पोखरेल बोलिरहेका थिए। उनी बोल्दाबोल्दै माइक बिग्रियो । उनलाई एकछिन रोकेर सभामुख अधिकारीले समस्या समाधान गर्न कर्मचारीलाई भने।

फेरि आफ्ना धारणा राख्न सभामुखले सांसद पोखरेललाई समय दिए। माइक बिग्रिएपछि उनले बिनामाइक आफ्ना कुरा राख्नुभयो ।

‘म बोल्दाबोल्दै माइक बिग्रियो । बोलेर सकेपछि सभामुखज्यूले समय नतोकी प्राविधिक समस्या समाधान नहुँदासम्म भनेर बैठक स्थगित गर्नुभएको छ,’ सांसद पोखरेलले भने।

गण्डकी प्रदेशसभामा गत २० असारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफल जारी छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : १२ बजे