Logo

Breaking News 1

सिन्जो आबेको होस अझै खुलेन, अवस्था गम्भीर



काठमाडौं । एक व्यक्तिको गोली प्रहारबाट घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको होस् अझै खुल्न सकेको छैन । उनको गम्भीर अवस्थामा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आबेले सास फेर्न सकिरहेका छैनन् भने मुटु रोकिएको जनाइएको छ । आबेलाई शुक्रबार बिहान पश्चिमी सहर नारामा चुनाव प्रचारका क्रममा ४१ वर्षीय एक पुरुषले गोली प्रहार गरेका हुन् ।

उनलाई प्रहरीले पक्राउ गरेको छ । आबेलाई गोली हान्नुको कारण खुल्न सकेको छैन ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : २८ बजे