Logo

Breaking News 1

अछामका विनोद शाही हत्या प्रकरण: मेयर चलाउने पनि पक्राउ परिन्



काठमाडौं । अछामका विनोद शाहीको हत्या प्रकरणमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पनि पक्राउ परेकी छिन् ।

प्रहरीले शनिबार मेयर चलाउनेसहित अर्का एक जनालाई पक्राउ परेका हुन् । पक्राउ पर्ने अर्का एकजनामा नेत्र शाही रहेका छन् ।

जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए ।

उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए । अहिलेसम्म मेयर चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ३ : ३७ बजे