Logo

समाचार

माडी गाउँपालिकाका वडा अध्यक्षहरुद्वारा सरकारी बाइक प्रयोग नगर्ने निर्णय



रोल्पा । रोल्पाको माडी गाउँपालिको कार्यपालिका बैठबाट वडा अध्यक्षहरुले सरकारी बाइक प्रयोग नगर्ने निर्णय गरेका छन् । शनिबार घर्तीगाउँमा बसेको बैठकमा वडा अध्यक्षहरुले सरकारी बाइक प्रयोग नगर्ने निर्णय गरेको माडी गाउँ कार्यपालिकाका प्रवक्ता रेग बहादुर मल्लले जानकारी दिए । माडी गाउँपालिकामा ५ वटा वडा माओवादी केन्द्रले जितेको छ भने १ वटा वडा एकीकृत समाजवादीले जितेको छ।

नयाँ जनप्रतिनिधि आएपछि सकारात्मक कामको सुरुवात गर्ने क्रममा जनताको सेवा गर्दा आफ्नो निजी साधन प्रयोग गर्ने र आवश्यकताको आधारमा मात्र सरकारी गाडी प्रयोग गर्ने निर्णय गरेको समेत माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तीमगरले बताएको माडी गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान वलीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ७ : ०४ बजे