Logo

अर्थ

शुक्रबार सुनको मूल्य ३ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : ५२ बजे