Logo

मुख्य समाचार

नम्बर नखुलेको सवारीको ठक्करबाट एक युवकको मृत्यु



काठमाडौं । सर्लाहीको हरिवनमा सवारीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

बिहीबार राति पूर्व पश्चिम लोकमार्गस्थित हरिवन नगरपालिका-११, कडरिया चौकमा नम्बर नखुेको सवारीको ठक्करबाट युवकको ज्यान गएको हो ।

मृत्यु हुनेमा सोही स्थानका २४ वर्षका जयबहादुर विक रहेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । मृतक पुरुषलाई मध्यराति सवारीले ठक्कर दिएको प्रहरीको आशंका छ ।

दुर्घटनामा परेर घाईते अवस्थामा फेला परेका विकलाई प्रहरीले तत्काल उपचारका लागि नमुना अस्पताल हरिवन पु¥याएको थियो । लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । युवकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्नको आशंकामा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ । घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जनाकारी दिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : ३२ बजे