Logo

Breaking News 1

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा



काठमाडौं । वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो।

साविक नेकपामा विवाद चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पार्टीमा अहिले ७५ जना केन्द्रीय सदस्य छन्। स्थायी कमिटीमा १५ जना छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ३ : ४७ बजे