Logo

Breaking News 1

एमालेले कैलाली जिल्ला अध्यक्षलाई जिम्मेवारीबाट हटायो



काठमाडौं । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उनलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । उहाँको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ ।

‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ पाठकले भन्नुभयो ।

पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : ३७ बजे