Logo

Breaking News 1

बाटोमा लिफ्ट मागेर चढे पर पुगेपछि हात खुट्टा बाँधेर गाडीसहित मोबाइल, पैसा चोरेर भागे



काठमाडौं । कैलालीमा लिफ्ट मागेर चढेका तीन व्यक्तिले गाडीसहित लुटपाट गरेर भागेका छन् ।

जिपमा लिफ्ट मागेका तीन जना भारतीय नागरिकले हातखुट्टा बाधेर लोकेन्द्रसिंह भण्डारीको जिप लिएर फरार भएका हुन् ।

डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्।

आइतबार दिउँसो करिब १ बजेतिर गोदावरी नगरपालिका-४ भिमदत्त राजमार्गको गाइमारेमा हातखुट्टा बाधेको अवस्थामा भण्डारी फेला परेका हुन् ।

भण्डारीसँग कञ्चनपुरको महेन्द्रनगर देखि ३ जना भारतीय मुलका नागरिकले खानीडाडासम्म जाने भन्दै लिफ्ट मागेर प्रदेश ०१ -२३ च ६०२१ नम्बरको जिपमा चढेका थिए ।

जीप गाइमारे पुगेपछि भण्डारीलाई जीप रोक्न लगाई प्लास्टिकले हातखुट्टा र मुखमा बाधेर भण्डारीलाई सडक देखि तल पुर्‍याएर जीप लिएर फरार भएको भण्डारीले बताएका छन् ।

भण्डारीको टाउकोमा चोट लागेको र उनीसँग भएको मोबाइल, पर्स र नगद ५ हजार रुपैयाँ समेट लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिपसहित फरारको खोजी भैरहेको बताएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ३ : २० बजे